You are viewing the translated version of फरार व्यक्तिलाई पछि पक्रन हुने.

Section 42
फरार व्यक्तिलाई पछि पक्रन हुने
यस ऐन अन्तर्गत कसूर मानिने कुनै कार्य गर्ने व्यक्तिलाई कसूर गर्दाकै बखत पक्रन नसकिएमा वा पक्राउ गरिएको भएपनि निज फरार भएमा भन्सार अधिकृतले वा निजले अधिकार दिएको कर्मचारीले वा सो कार्यका लागि खटिएको कर्मचारीले निजलाई जुनसुकै बखत पक्राउ गर्न सक्नेछ । त्यसरी पक्रिएको व्यक्ति उपर कसूर गरेका बखत पक्रिए सरह कारबाही हुनेछ ।